मनोरञ्जन
दसैँ गीत ‘पासपोर्टको पाना सकियो’ सार्वजनिक
०

चितवन, असोज १३-
गायक यमराज श्रेष्ठ र गायिका संगिता पौडेलको आवाजमा रहेको मौलिक दसैँ गीत ‘पासपोर्टको पाना सकियो’ भिडियोसहित सार्वजनिक भएको छ ।
परदेशमा धन कमाउनको लागि गएको छोरो र घरमा आश्रित परिवारको पिर र वेदनालाई गीतमा समेटिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतीको लय सिर्जना तथा कृष्ण केसीको एरेन्ज गीतमा रहेको छ ।
बासु बरालको छायांकन, मनोज कार्कीको सम्पादन तथा निशान बाँनियाको निर्देशन भिडियोमा रहेको छ । ‘पासपोर्टको पाना सकियो’ गीतको भिडियोमा आशिर प्रताप जंग र सन्ध्या श्रेष्ठको अभिनय रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























