मनोरञ्जन
रबिना र अकेशाको ‘मेरो बाबा ’ गीत सार्वजनिक
०

चितवन, असोज ११-
दसैँको अवसरमा बाल गायिका रबिना बसेल बालापनको रसिलो स्वरमा मेरो बाबा भन्दै दसैँ गीत लिएर आउनु भएको छ ।
गीतकार अम्बिका गुरुङको शब्दमा आएको ‘मेरो बाबा’ गीतलाई राजन कार्कीले एरेञ्ज तथा संगीत भर्नु भएको हो । गीतको प्राविधिक कार्य भने धुन कला केन्द्रबाट रेकर्डिङ भएको छ भने गोबिन्द सोनीले मिक्सिङ गर्नुभएको छ ।
मिठो दसैँ धुन संवेदनशील भाकामा निर्माण गरिएको यस गीतको आकर्षक भिडियो पनि तयार गरिएको छ । गीतमा टिकटकमा चर्चित रहेकी एवम् म्युजिक भिडियोमा जम्दै गरेकी बाल कलाकार अकेशा पोखरेलले प्रमुख अभिनय गर्नु भएको छ । त्यसै गरी कलाकार रोबिन पोखरेल एवम् ऋचा थापाले यस भिडियोमा अभिनय गर्नुभएको छ । भिडियो निर्देशन भने मञ्जु बञ्जाडेले गर्नु भएको हो । गीतलाई भवसागर इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























