मनोरञ्जन

कोरोना कहरमा ‘वन चरीलाई वन’ गीत सार्वजनिक

Banner

चितवन, असोज ८-

नेपालमा बढ्दो कोरोना संक्रमण र कोरोना कहरका बीच ‘वन चरीलाई वन’ बोल रहेको गीत सार्वजनिक भएको छ ।

गीतको शब्द सन्तोष सुवेदीको हो भने स्वर गायिका शान्ति श्री परियार र गायक दुर्गा लामिछानेको रहेको छ । गीतमा लय देव सेन र संगीत संयोजन सुनिल परियारको रहेको छ ।

वनडीबी स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई एचबीएन किस्मतले मिसक्सिङ तथा मास्टरिङ गराउनु भएको हो । होम धितालले निर्देशनमा तयार भएको यस गीतमा निरेन श्रेष्ठको कोरियोग्राफी रहेको छ । त्यसैगरी म्युजिक भिडियोमा मोडल करिश्मा ढकाल, कृष्ण पन्त र गजेन्द्र पन्तको नृत्य तथा अभिनय रहेको छ ।

उक्त भिडियोलाई मरुभूमि नारायणले छांयाकन गर्नु भएको हो भने रोशन धितालले सम्पादन गर्नु भएको हो । गीतलाई बल्छी ध्रुर्बे युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>