मनोरञ्जन
गायिका देवी घर्तीको दसैँ गीत ‘मेरी आमा’ सार्वजनिक
०

चितवन, असोज ६-
नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीलाई लक्षित गरेर गायिका देवी घर्ती र मदन ढकालको आवाजमा रहेको ‘मेरी आमा’ गीत सार्वजनिक भएको छ ।
आमा र छोरी विचको प्रेम प्रसंगलाई गीतमा समेटिएको छ । आफुलाई जन्मदिने आमाले गरेको त्याग र समपर्णलाई गीतमा देखाइएको छ । गीतमा मदन ढकालको शब्द तथा लय सिर्जना रहेको छ । गरिवी पनको कारणले आफनो सन्तानलाई सुख दिन नसक्दा आमाले आत्महत्या गर्न विवश आमाको मायालाई गीतमा देखाईएको छ ।
वीरेन्द्र भट्टको छायांकन, विकास ज्ञवालीको सम्पादन तथा मदन ढकालको निर्देशन भिडियोमा रहेको छ । ‘मेरी आमा’ गीतको भिडियोमा रञ्जिता गुरुङ , रमा थपलिया , खेम बत्याल , रविना भण्डारी , केदारनाथ कपरी , रविना आचार्य साथै बालकलाकारहरु प्रिन्सा खड्का , ब्लोसम ढकाल , सायरा धितालको अभिनय रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























