मनोरञ्जन
नायक सलोन बस्नेतको अभिनय रहेको गीत ‘यति माया गर्दा पनि’ सार्वजनिक
०

चितवन, असोज ५-
हेम कुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
’यति माया गर्दा पनि’ बोलको गीतमा नायक सलोन बस्नेत , करिस्मा केसी र सिर्जना केसीको अभिनय रहेको छ । शब्द समेत गायक क्षेत्रीकै रहेको गीतमा संगीत भने दिपक शर्माले भर्नुभएको छ । ‘दुःखसँग’ सफल भएसँगै नयाँ गीत लिएर बजारमा आएका गायक क्षेत्री यस गीतलाइ समेत दर्शकले रुचाईदिनेमा बिस्वस्त हुनुहुन्छ ।
पछिल्लो समय कोरना भाइरसका कारण चलचित्र निर्माण हुन् सकेका छैनन् । यही कारणले पनि चलचित्रका कलाकारहरु पछिल्लो समय म्युजिक भिडियोमा देखिन थालेका छन् । म्युजिक भिडियोलाई मुनाल शिशिरले निर्देशन गर्नुभएको हो । हेम्स इन्टरटेनमेन्टले बजारमा ल्याएको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन , अर्जुन पोखरेलको सम्पादन देख्न सकिन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























