मनोरञ्जन
गायक कमल खत्रीको ‘पानी पिउने बहाना’

चितवन, भदौं २९
गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आउनु भएको छ ।
यसपटक पनि उहाँ आफैंले संगीतबद्ध गरेको गीतमार्फत स्रोतामाझ आउनु भएको हो । ‘पानी पिउने बहाना…’ शीर्षकको उक्त गीतका शब्दहरु सुमन योञ्जनले रचना गर्नु भएको हो ।
रिकेश गुरुङले उक्त गीतमा संगीत संयोजन तथा मिक्सिङ गर्नु भएको छ । कमल खत्री तथा यूआर स्टाइल प्रोडक्सनको प्रस्तुतिमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दीपक घिमिरे, मोडल विशाल रेग्मी, गायक कमल खत्री तथा अभिनेत्री रियाशा दाहालले अभिनय गर्नु भएको छ ।
भिडियोमा कलाकारहरुलाई निकै आकर्षक शैलीमा अभिनय तथा नृत्य गराइएको छ । निर्देशक नितिन चन्दले यो म्युजिक भिडियो निर्देशन तथा सम्पादन गर्नु भएको हो । त्यसैगरी, रुपेश थापाले यो भिडियो छायांकन तथा कलर करेक्सन गर्नु भएको हो । विशाल महराले भिडियोमा कोरियोग्राफी गर्नु भएको छ भने भिडियोलाई गायक खत्रीले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट अपलोड गरिएको छ ।

























