मनोरञ्जन

खुमन र शान्ती श्रीको दसैँ गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक

Banner

चितवन, भदौं २९-

नजिकिँदै गरेको महान चाड विजया दशमीलाई लक्षित गरेर गायक÷गायिका खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा दसैँ गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ ।

शिवदर्शन फिल्मस्ले आकर्षक भिडियोसहित गीत सार्वजनिक गरेको हो । भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाई, बिष्णु वस्ती, अर्चना भुषाललगायतको अभिनय रहेको छ ।

विदेशमा रहेका युवा दसैँमा घर आउन नपाउँदा उसले र उसको परिवारले महसुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ । गायिका तथा कलाकार गायत्री थापाको निर्देशन रहेको भिडियोमा करण चौसिरको छायांकन तथा मनोज कार्कीको सम्पादन रहेको छ । विष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत रहेको गीतको म्युजिक एरेन्जर हेमन्त शिशिर हुनुहुन्छ ।

https://youtu.be/UyEu6g-s8eY

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>