मनोरञ्जन
पल र वर्षा अभिनित म्युजिक भिडियो ‘पर्ख तिमीलाई’ सार्वजनिक
०

चितवन, भदौं २७-
गुडी जाने रेल, आमा तिमी कहाँ छौ, गुराँश फुल्यो बनैमा, लगायतका चर्चित गीतका गायक किशोर शिवाकोटीको नयाँ गीत ’पर्ख तिमीलाई’को भिडियो सार्वजनिक भएको छ ।
सत्य स्वरुप आचार्यको संगीत र एकनारायण भण्डारी शब्द रचना रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले अभिनय गर्नु भएको छ । गायक शिवाकोटी अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ । पर्ख तिमीलाईमा कोरियोग्राफी सुबोल थापाको रहेको छ भने बुद्ध थापाकोको छायांकन रहेको छ भने सम्पादन विकाश धमलाले गर्नुभएको हो । निकेश खड्काको निर्देशन रहेको गीत किशोरको त्रिब्युट एल्बममा समावेश छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























