मनोरञ्जन

कोरोना बारेको चलचित्र ‘एल हाउस’को ट्रेलर सार्वजनिक

Banner

चितवन, भदौं १६-

अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक चलचित्र ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

सामाजिक विषयमा निर्माण भएको चलचित्र लकडाउनको बीचमा सामाजिक दूरीलाई कायम गदैँ छायांकन गरिएको थियो ।

कोरोना रोगको त्राससँगै नेपाली जनताले भोग्नु परेको पीडा एकातिर छ भने घरबेटी र भाडामा बस्ने ब्यक्तिको पीडा र ब्यथा बाट सिर्जना भएको समस्यालाई कसरी सरकारले सम्बोधन गर्न सक्छ भन्ने विषयवस्तुलाई समेटिन सकिन्छ भन्ने विषयलाई मुख्य आधार बनाएर चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक तथा लेखक किशोर खतिवडाले बताउनु भयो ।

दिवश गुरुङको छायांकन, देव महर्जनको द्वन्द्व, शिषम राईको श्रृङ्गार, राजन महर्जनको कोरियोग्राफी, सुवास देवकोटाको सम्पादन रहने चलचित्रमा किशोर खतिवडा, रनिला श्रेष्ठ, दीप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु, वसन्त बर्मा लगायतको अभिनय रहनेछ ।

सो चलचित्रमा बालकलाकारको भूमिकामा क्रेजा महर्जनको समेत अभिनय रहेको छ । चलचित्रलाई शत्रुधन अन्सारी तथा राम महर्जनको निर्माण गर्नु भएको छ भने चलचित्रको प्रस्तुतकर्ता कला राई हुनुहुन्छ । चलचित्रको गीतमा शब्द र संगीत ईश्वर खड्का र छाया प्रसाईँको रहेको छ । साथै चलचित्रका गीतमा राजु लामा स्याङरुङ र कृष्ण प्रसाईको स्वर रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>