देश/प्रदेश

प्रसिद्ध गायक राईको नयाँ गीत ‘खै के भयो’ सार्वजनिक

Banner

चितवन, भदौं १६-

चर्चित गायक राजेश पायल राईको आवाजमा नयाँ गीत ‘खै के भयो’ सार्वजनिक भएको छ ।

रमेश मगरको शब्द संगीतमा तयार भएको गीत सन्तोष दुमी अफिसियल युटुब च्यानल मार्फत् सार्वजनिक भएको हो ।

केही वर्षदेखि वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा बसोवास गर्दै आउनु भएको गीतकार रमेश मगरले ‘सुस्त हावा’, ‘नसम्झाउ अतितका ती तिता पल’ लगायतका गीतमा शब्द संगीत दिइसक्नु भएको छ । गीतलाई राजु कार्कीले संगीत संयोजन गर्नु भएको हो । चर्चित प्रांकस्टार एलिस राई, नग्मा श्रेष्ठ, निनाहाङ राई अभिनित गीतको भिडियोलाई धन खालिङ र श्री थापाले खिच्नु भएको हो भने धन खालिङले नै सम्पादन गर्नु भएको हो ।

आफूले मन पराएको सबै कुरा पाउन सकिन्न भन्ने सन्देश दिन खोजिएको यस भिडियोलाई किशन भुसालले कोरियोग्राफी गर्नु भएको हो । जस्केको क्रियसनको प्रोडक्सनमा तयार भिडियोलाई गायक तथा संगीतकार सन्तोष दुमीले निर्देशन गर्नु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>