मनोरञ्जन

गायक प्रमोद खरेलको नयाँ राष्ट्रिय गीत सार्वजनिक

Banner

चितवन, भदौं १३-

चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘नेपाली म हुन सकूँ’ बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

राष्ट्रिय भावानाले ओतप्रोत यस गीतमा स्वर प्रमोद खरेल रहेको छ भने शब्द यमप्रसाद आचार्यको रहेको छ । यस गीतलाई दीपकराज विश्वकर्माले संगीतबद्ध गर्नु भएको हो ।

म्युजिक भिडियोमा सदाबहार नायक दिलिप रायमाझी फिचर्ड हुनुहुन्छ । भिडियोलाई उत्सव दाहालले छायांकन गर्नु भएको हो भने विकास दाहालले सम्पादन गर्नु भएको हो । नारायण काँइलो प्रति विशेष धन्यवाद व्यक्त गरिएको यस भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो। यस भिडियोलाई माया गरिदिन निर्माण टिमले सम्पूर्ण नेपालीहरुमा आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>