भिडियो

चितोनिया थारु भाषाको जितिया गीत ‘राङगी चाङगी गेलिहेकी..’ सार्वजनिक

Banner

चितवन, भदौं १२–

थारु समुदायका महिलाहरुको महान् चाड ‘जितिया’ नजिकिदै गइरहेको छ । यहि बेला जितिया सम्बन्धित गीतहरु बजारमा आउन थालेका छन् । चर्चित थारु गायक÷गायिकाको स्वर भरिएको चितोनिया भाषाको ‘जितिया’ गीत सार्वजनिक भएको छ ।

‘राङगी चाङगी गेलिहेकी..’ बोलको गीत युट्युव मार्फत शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा चर्चित गायक नरेश जोगी, चर्चित गायिका अन्नु चौधरी र समिक्षा चौधरीको स्वर रहेको छ । यस गीतलाई अष्ट्रेलियाको पर्थ थारु ग्रुपले प्रस्तुत गरेको हो ।

यसपटकको जितया पर्व यही भदौं २५ गते परेको छ । यस पर्वमा थारु महिलाहरुले ब्रत बसेर पतिको दिर्घायूको कामना गर्ने र अविवाहित महिलाले राम्रो बर पाउने विश्वास गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>