देश/प्रदेश

जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिस्मको म्युजिक भिडियो ‘हुन्छ खोसाखोस’ सार्वजनिक

Banner

चितवन, भदौं ९-

सागर लम्साल ’बले’, मन्जिल बस्नेत, प्रिन्सि खतिवडा र प्रिस्म खतिवडाले मोडलिङ गरेको म्युजिक भिडियो ‘हुन्छ खोसाखोस’ सार्वजनिक भएको छ ।

यी दुई जोडी पछिल्लो समय प्रेम सबन्धका कारण पनि निकै चर्चामा छन् । सार्वजनिक गीतमा गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर, सुनिल बिसीको शब्द ,सन्तोष सुनारको संगीत र रिकेश गुरुङको एरेन्ज सुन्न सकिन्छ । गायक भण्डारीले यस अघि बनपालेको लौरी , ओठैमा लाली , मृत्युयोग ,स्याऊ ल्याइदिउ की केरा, नियति लगायतका दर्जनौ गीतहरु बजारमा ल्याइसकेका छन् ।

रोमान्टिक शैलीमा तयार भएको गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा रामकुमार केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन तथा कलर र बिमला तामाङ्को मेकअप समाबेस रहेको छ । गीतलाइ राजन नेपालले निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>