मनोरञ्जन

दीपाश्री निरौलाले रुँदै राजेश हमालका फ्यानसँग फेरि मागिन् माफी, भनिन् – प्लिज माफी दिनुहोला

Banner

काठमाडौं, भदौ ७-

कलाकार दीपाश्री निरौलाले महानायक राजेश हमालसँग पुनः माफी मागेकी छिन् ।

अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले आफ्नो जन्मदिनका अवसरमा आज (आइतबार) रुँदै फेरि पनि राजेश हमालका फ्यानसँग माफी मागेकी छन्।

फेसबुकमा लाभइ गर्दै उनले आफूभन्दा सिनियर कलाकारका बारेमा टिप्पणी गरेर आफूले ठूलो गल्ती गरेको भन्दै रोएरै माफी मागेकी हुन्।

उनले अन्तर्वार्तामा जाँदा आफूले तीन वटा गल्ती गरेको बताएकी छन् । उनले यसअघि पनि राजेदश हमालसँग माफी मागेकी थिइन् ।

सुरुमा फेसबुकमा उनले स्टाटस लेखेकी छन्- नमस्कार! आज भाद्र ७ गते , मेरो जन्मदिन! धेरै दिनदेखि तपाईंहरूबाट अलि टाढा थिएँ । त्यसैले केही मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकी छु।
आज गते पनि ७, तपाईंहरूसँग पनि सातै मिनेट मागेँ है ।

यसपछि उनी भिडियाेमा अत्यन्त भावुक रूपमा प्रस्तुत भएकी छन्। अनि बीचबीचमा रोएकी पनि छन्।

‘मिडियामा कसरी फेस हुने, शिष्ट सरल हुने, चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने भन्नेमा मेरो कमजोरी रहेछ । मैले अहिले महसुस गरे’, उनले भनेकी छिन् , ‘सहकर्मी दिपकराज गिरीले नजानु भन्दा वेवास्ता गरेर विना तयारी अन्तर्वार्तामा जानु पहिलो गल्ती थियो । दोस्रो गल्ती मलाई आरोप लाग्ने घोचिला पेचिला प्रश्नहरुले गर्दा आफूलाई, आफ्नो आवेशलाई नियन्त्रण गर्न सकिन । बडि ल्याङग्वेजमा समस्या आयो । तेस्रो गल्ती र प्रमुख गल्ती भनेको मिडियामा कुटनीतिक चलाखी देखाउन सकिन । म एउटा कलाकार भएर अर्को एउटा सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगें । त्यो मेरो ठूलो भुल महसुस भयो ।’

अन्त्यमा अबदेखि गल्ती नदोहोर्‍याउने र व्यक्तित्व विकासमा पनि समय लगाउने उल्लेख गर्दै दीपाश्रीले हमालका फ्यानसँग भनेकी छन्, ‘मेरो अभिव्यक्तिले तपाईंको मन दुखेको छ भने मलाई आफ्नै दिदीबहिनी सम्झेर माफ गरिदिनु होला।’

कलाकारितामा सफल भए पनि व्यक्तित्व विकासका सवालमा आफू अझै कमजोरी रहेको महसुस भएको बताएकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>