मनोरञ्जन
राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो सार्वजनिक भएपछि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ भदौ २-
एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो।
त्यस भिडिओको ४० औं सेकेन्डमा गायक ‘गेल्जङ दोर्जे तामाङले झण्डा जलाएको देखिन्छ। भिडियो मा राष्ट्रिय झण्डा जलाएपछि अहिले चौतर्फी विरोध भइरहेको छ। धेरैले गायकलाई कारबाहीको माग गरेका छन् भने भिडिओलाई हटाउन समेत माग गरिएको छ।
यता नेपाल प्रहरीले गायक तामाङको खोजी गर्न थालेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार यस विषयमा अनुसन्धान अघि बढाइसकेको छ।
‘त्यस सम्बन्धमा अनुसन्धान सुरू गरिसकेका छौं’ एसएसपी कडायतले सेतोपाटीसँग भने। उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका ३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ।
मकवानपुरको घटना भएकोले जिल्ला प्रहरी कार्यालय, मकवानपुरले गायकको खोजी गर्न टोली खटाइसकेको छ। ‘हामीले पक्राउ गर्नका लागि खोजी गरिरहेका छौं तर ती व्यक्ति कहाँका हुन् भन्ने खुलिसकेको छैन,’ प्रवक्ता तथा डिएसपी इन्द्रबहादुर राणाले भने।
उनको खोजी गर्न जिल्लाबाट इन्स्पेक्टरको टोली खटिएको डिएसपी राणाले जानकारी दिए।
























