मनोरञ्जन

मेलिना राईको म्युजिक भिडियो ‘आँखामा आँशु’ सार्वजनिक

Banner

चितवन, साउन २९

गायिका मेलिना राईको नयाँ म्युजिक भिडियो ‘आँखामा आँशु’ सार्वजनिक भएको छ।

सेन्टिमेन्टल भर्सनको यस गीतमा स्वर मेलिना राईको रहेको छ भने शब्द प्रदिप सुवेदीको रहेको छ। पुरुषोत्तम न्यौपानेले संगीतवद्ध गरेको यस गीतलाई रिकेश गुरुङले संगीत संयोजन गर्नु भएको हो ।

म्युजिक भिडियोमा कमल सिंह र प्रियाना आचार्य ( मुन्नी ) फिचर्ड हुनुहुन्छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो । चर्चित भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

अमेरिकामा रहेर निरन्तर गीत संगीत र कृषि कर्म गरेर अघि बढिरहेका गीतकार राजेश अर्यालले सञ्चालन गरिरहेको अमेरिकाको सबैभन्दा ठूलो नेपाली फार्म ब्रुक मेडो फार्मको लगानीमा भिडियो निर्माण भएको हो । गीतकार अर्यालको अफिसिएल च्यानल ‘राजेश अर्याल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। यसअघिका गीत संगीत जस्तै यस गीतलाई माया गरेर प्रतिक्रिया दिन गीतकार सम्पूर्ण नेपाली गीत संगीत प्रेमीलाई आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>