बलिउड/हलिउड

बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर, अमेरिका जाने तयारी

Banner

एजेन्सी, साउन २८–

बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको फोक्सोमा क्यान्सर भएको छ । उनी तेस्रो तहको क्यान्सरसँग जुधिरहेका छन् ।

उनाई फोक्सोमा तेस्रो चरणको क्यान्सर भएको जमिर उत्तर प्रदेशस्थित लिलावती अस्पतालले पुष्टि गरेको छ । श्वासप्रश्वासमा समस्या भएपछि केही दिनअघि उनी सो अस्पतालमा भर्ना भएका थिए ।

स्रोतकाअनुसार उनी उपचारका लागि अमेरिका जाने तयारी गरिरहेका छन् । तर, सञ्जयले यस विषयमा बोलेका छैनन् ।

कोरोनाको आशंका गरिए पनि उनको रिपोर्ट नेगेटिभ आएको छ । दुई दिन अस्पताल बसेर अहिले उनी डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>