भिडियो

इश्वरी बरालको नयाँ गीत ‘हरेक रात’ सार्वजनिक (भिडियोसहित)

Banner

काठमाडौं, साउन १३–

गायिका इश्वरी बरालको नयाँ गीत सार्वजनिक भएको छ ।

‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी…’ बोलको गीत सार्वजनिक भएको हो । क्षितिज समर्पणको शब्द र राजकुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सञ्जय हमालले एरेन्ज गरेको उक्त गीतको सम्पादन पनि राजकुमारले नै गरेका छन् । डान्सिङ विधाको यस गीत युवायुवतीको माया प्रेममा आधारित छ ।

गायिका बराल र रचनाकार क्षितिज समर्पण (रामकुमार शाही) पत्रकारिता क्षेत्रमा सक्रिय छन् । गीतको भिडियोमा गायिका बराललाई देख्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>