मनोरञ्जन
चितवनलाई आधार बनाउँदै मोडेलिङमा उदाएकी सुबिना

सुजन पण्डित
चितवन, साउन १२
नेपालमा दिनहुँ जसो नयाँनयाँ गीतसंगीत आइरहेका हुन्छन् । दैनिक जसो बजारमा नयाँ गीत बज्दै जाँदा नयाँ कलाकारको पनि आगमन भइरहेको हुन्छ । थोरै समयमा धेरै म्युजिक भिडियोमा अभिनय गर्ने कलाकार मध्ये एक हुन् सुबिना छिदाल । स्थायी घर गोरखाको पालुङ्टार भए पनि चितवनलाई उनले कर्मथलो बनाएकी छन् ।
छिदाल अहिले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० दूरसञ्चार रोडमा बस्दै आएकी छन् । गोरखाबाट चितवन आएको धेरै भएको छैन तर पनि उनले अहिलेसम्म ६ ओटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । गोरखा घर भए पनि कर्म घर चितवन बनाएकी मोडल सुबिना छिदाल सानै देखि नै मोडलिङमा रुचि राख्ने गर्थिन् ।

पहिलो म्युजिक भिडियो एक वर्षअघि ‘दिलमा घडेरी’ भन्ने गीत बाट सुरुवत गरेकी उनको अहिले ‘थाहा छैन’ भन्ने म्युजिक भिडियो युटुबबाट सार्वजनिक भएको छ । छिदालले ६ वटा गीतमा अभिनय गरे पनि उनको चार गीत भने सार्वजनिक हुन बाँकी छ ।

























