चितवन विशेष

चितवन–माडी दोहोरी साँझको अध्यक्षमा ढुंगाना

Banner

चितवन, साउन ७

चितवन माडी दोहोरी प्रतिष्ठानद्वारा सञ्चालित चितवन माडी दोहोरी साँझको अध्यक्षमा कृष्ण ढुंगाना चयन भएका छन् ।

विसं २०७३ सालमा जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएको चितवन माडी दोहोरी साँझको उपाध्यक्षमा नारायण कार्की, महासचिवमा विकास रसाइली, सचिवमा समिर पंगेनी र कोषाध्यक्षमा एनजिला मगर चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा सेजन थापा(पाल्पाली), बुद्धिराज सुवेदी, सुरेश दर्पण पोख्रेल, देवीपौडेल गरी ९ सदस्यीय समिति गठन गरिएको छ । यस्तै सल्लाहकारमा चितवन माडी दोहोरी साँझका निर्वतमान अध्यक्ष प्रदिप सापकोटा, महेन्द्र पराजुली , शुलभबन्धु पोख्रेल, सुवास लामिछाने र क्रषि बराल रहेका छन् । संस्थाको ब्यवस्थापकमा मुना बराल र कृष्ण तिवारी चयन भएका छन् ।

लोक गीत र संगीतमा रमाउन चाहने कलाकारको साझा थलो चितवन माडी दोहोरी साँझमा सहभागिता जनाउन सकिने अध्यक्ष कृष्ण ढुंगानाले बताए । लोकगीत संगीत क्षेत्रमा थप टेवा पु–याउँदै जुझारु प्रतिभालाई स्थान दिँदै सर्जक स्रष्टाहरुको सम्मान गर्दै अघि बढ्ने समेत ढुंगानाले बताए । चितवन माडी दोहोरी प्रतिष्ठानको अध्यक्षमा पत्रकार एवम् व्यवसायी सूर्यप्रसाद पाठक रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>