देश/प्रदेश

गीतकार गुरुङको ‘कति माया’ म्युजिक भिडियो सार्वजनिक

Banner

चितवन, असार २९-

गीतकार अम्विका गुरुङको ‘कति माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक सुमन केसी र गायिका प्रविशा अधिकारीको स्वर रहेको छ । गीतलाई चर्चित संगीतकार वसन्त सापकोटाले संगीत भरेका छन् । गीतकार गुरुङले नेपाली गीतसंगीत, साहित्य र बाल मनोविज्ञानमा कलम चलाउँदै आएकी छिन् । दर्जनौ गीतमा आफ्नो जादुमयी शब्द भरेर नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गीतकार गुरुङ आफैमा एक समाजसेवीसमेत हुन् ।

सांगीतिक आकाशमा उदाएका गायक सुमन केसी र गायिका प्रविशा अधिकारिको स्वरमा सजिएको गीत ‘कति माया’ ले दर्शक श्रोताहरुको मन जित्नेमा दुईमत छैन । सार्वजनिक म्युजिक भिडियोमा नायक नाजिर हुसेन र मोडल सुशिला थापालाइ फिचर्ड गरिएको छ । निर्देशक शान थापाको निर्देशन रहेको गीतको भिडियोलाई छायांकार बुद्ध थापाले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>