देश/प्रदेश

कास्टिङ कलिउड डिजिटल प्लेटफर्म स्थापना

Banner

चितवन, असार २९-

आजको डिजिटल युगमा देश तथा विदेशमा रहेका कलाकारहरुले आफ्नो क्षमता प्रस्फुटन गर्न सजिलो हुने गरी कास्टिङ कलिउड डिजिटल प्लेटफर्म स्थापना भएको छ ।

अमृत भण्डारी र विनय सापकोटाले स्थापना गरेको यस प्लेटफर्ममार्फत् नेपाली चलचित्रहरुको लागि आवश्यक कलाकारहरुको सजिलै छान्न सकिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपालमा चलचित्रको लागि विभिन्न प्रकारका कलाकारहरुको छनोट निकै कष्टकर रहेको भन्दै चलचित्र निर्माता तथा कलाकारहरुको सहज भेटघाट गराउने उद्देश्यले यसप्रकारको डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइएको उल्लेख छ ।

कास्टिङ कलिउडमा दक्ष कलाकारहरुले आफ्नो विवरण निःशुल्क अपलोड गर्न पाउने विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी चलचित्र निर्माताहरुले पनि वेवसाइट मार्फत् आफ्नो चलचित्रको लागि उचित कलाकारको छनोट गर्ने अवसर पाउँने विज्ञप्तिमा उल्लेख गरिएको छ । यसले देशका कुनाकुनामा रहेका प्रतिभावान कलाकारहरुलाई चलचित्र निर्माता तथा निर्देशकहरुसँग भेटघाट र चिनजान गराउन सहयोग पुग्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>