मनोरञ्जन

तीजको गीत ‘सँगै नाचौँ गाइज’ सार्वजनिक

Banner

चितवन, असार २५-

गायिका अमृता लामिछाने, धना मगर र गायक यज्ञराज बुढाथोकीको आवाजमा नेपाली नारीहरुको महान पर्व हरितालिका तिज लक्षित गदैँ सन्देशमूलक ‘सँगै नाचौँ गाइज’ तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा देशमा व्याप्त कोरोना माहामारीमा पनि आपसमा मिलेर तीज पर्वलाई भव्यताका साथ मनाउनको लागि आग्रह गरिएको छ । आपसमा मिलेर घरमा नै परिवारसँगै नै तीज मनाउनको लागि अनुरोध गरिएको छ । यज्ञ बुढाथोकीको शब्द तथा लय सिर्जना रहेको गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् । मिराज अर्यालको छायांकन, विवेक खड्काको सम्पादन तथा उदिराम खड्काको निर्देशन तथा बिन्दु खड्काको कोरियोग्राफी भिडियोमा रहेको छ । ‘सँगै नाचौँ गाइज’ गीतको भिडियोमा मनोज खड्का, मुना श्रेष्ठ, पुरन क्षेत्री र गणेश राईको अभिनय तथा नृत्य भिडियोमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>