सूचना-प्रविधि

अमेरिकामा पनि टिकटक बन्द गर्ने तयारी

Banner

एजेन्सी, असार २३–

भारतले टिकटक बन्द गरेपछि शक्तिशाली राष्ट्र अमेरिकाले पनि अमेरिकाले टिकटकसहितका चिनियाँ एपहरू प्रतिबन्ध गर्ने तयारी गरिरहेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा टिकटकलगायत चिनियाँ एपमाथि प्रतिबन्ध लगाउनेबारे आफूहरूले सोचिरहेको बताएका हुन्।

अमेरिकी सांसदहरूले प्रयोगकर्ताको डाटा ह्यान्डिलिङ गर्ने टिकटकको मोडलले अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने आवाज उठाउँदै आएका छन्।

कोरोनाभाइरसको व्यवस्थापन, हङकङमा बेइजिङले लगाएको राष्ट्रिय सुरक्षा कानुन र व्यापार युद्धले अमेरिका(चीन सम्बन्ध निरन्तर चिसिइरहेका बेला विदेशमन्त्री पोम्पेओको यस्तो अभिव्यक्ति आएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>