देश/प्रदेश

‘वन पालेको लौरी’ म्युजिक भिडियो सार्वजनिक

Banner

चितवन, असार २१-

शिवन पोखरेल तथा एलिना रायमाझीको अभिनय रहेको ‘वन पालेको लौरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली सुगम तथा लोकदोहोरी गीतसंगीतको कुशल संगीत संयोजनमा व्यस्त एरेन्जर तथा गायक कृष्ण केसी र नेत्र भण्डारीको आवाजमा रहेको निकै रोमान्टिक गीत ‘वन पालेको लौरी’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएसँगै सर्वाधिक चर्चामा रहेको छ ।

माया र युवा अवस्थामा हुने प्रेम र आकर्षणलाई मुख्य विषयवस्तुको रुपमा निर्माण गरिएको गीतले आम लोक पारखी मनको ढुकढुकीमा बस्नेमा आफू आशावादी रहेको गायक कृष्णले बताए । करण न्यौपानेको शब्द तथा कृष्ण केसीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा नेपाली पनको आभाष दिने किसिमको शब्द तथा संगीत संयोजन रहेको छ ।

करण चैसिरको छायांकन, क्रान्ति केसीको सम्पादन तथा सिवन पोखरेलको निर्देशन भिडियोमा रहेको छ । ‘वन पालेको लौरी’ गीतको भिडियोमा शिवन पोखरेल, एलिना रायमाझी , नेत्र भण्डारी, कृष्ण केसी, सुमन परियार, विप्लव खड्का, विकास बस्नेत, विनोद लोहनी तथा राम कृष्ण श्रेष्ठको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>