Breaking News

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार नाघ्यो

Banner

कास्की, असार १८-

गण्डकी प्रदेशका ४ जिल्लामा विहीबार विहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेशका ४ जिल्लामा गरी ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

बिहीबार थपिएका संक्रमितमध्ये बागलुङमा एक पुरुष, स्याङ्जाको कालिगण्डकी र वालिङमा एक–एक गरी दुई पुरुष रहेका छन् । यसैगरि, तनहुँको ऋषिङ गाउँपालिकामा ३ पुरुष र पर्वतको फलेबास, कुश्मामा गरि दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाकटर विनोद बिन्दु शर्माको भनाइ छ ।

यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १०१४ पुगेको छ । कोरोना संक्रमणबाट यो प्रदेशमा दुई जनाले ज्यान गुमाई सकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>