Breaking News

गण्डकी प्रदेशमा आज बिहानै थपिए ३२ नयाँ कोरोना संक्रमित

Banner

पोखरा, असार १०–

गण्डकी प्रदेशमा आज (बुधबार) विहानै ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

विभिन्न स्थानमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ८ जनामा नयाँ संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार बाग्लुङमा ९, स्याङजामा ७, लमजुङमा ५, कास्कीमा ५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ३, पर्वत, गोरखा, र तनहुँमा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवंम निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङको बरेङ गाउँपालिकाको १९ देखि ६० वर्षसम्मका ८ जना पुरुष र जैमिनी गाउँपालिकाको २० वर्षीय पुरुषमा गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै स्याङजाको वालिङ नगरपालिकाका ३० महिने बालिकासहित २ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै आँधीखोला गाउँपालिकाका ६५ वर्षीय पुरुष र अर्जुनचौपारी गाउँपालिकाका १२ वर्षीय बालकमा गरी कुल ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिकाका २५ वर्षीय पुरुष, २३, ४० वर्षीया महिलामा र मादी गाउँपालिकाका ४१ वर्षीय पुरुष र ४० वर्षीया महिलामा गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि लमजुङको मध्य नेपाल नगरपालिकाका २१ देखि ३७ वर्ष उमेर समूहका चार जना पुरुष र बेशिशहर नगरपालिकाका ३३ वर्षीय पुरुषमा गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का गैंडाकोट नगरपालिका–१ बस्ने ३३ र ५१ वर्षीया दुई महिला र गैंडाकोट नगरपालिका–१२ बस्ने ५६ वर्षीया महिलामा गरी कुल तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरि पर्वतको कुश्मा नगरपालिकाकी २४ वर्षीया महिला, गोरखाको गण्डकी गाउँपालिकाका ४२ वर्षीय पुरुष, तनहुँको देवघाट गाउँपालिकाका २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । आज ३२ जना नयाँ संक्रमित थपिएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>