कृषि

नवलपुरका ४२ कृषकलाई निःशुल्क पावर स्प्रे वितरण

Banner

ज्ञानु पंगेनी

नवलपुर, असार ९

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले सोमबार ४२ जना व्यवसायिक कृषकलाई पावर स्प्रे वितरण गरेको छ ।

गाउँपालिका भित्र रहेका व्यवसायिक कृषि पेसा गर्दै आएका ४२ जना कृषकलाई निःशुल्क पावर स्प्रे वितरण गरिएको हो । कृषि विकास शाखाको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वितरण गरिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीले जानकारी दिए ।

प्रविधिको प्रयोगले कृषि क्षेत्रमा उत्पादनमा वृद्धिसँगै गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाबाट कृषि क्षेत्रमा सिंचाई, मलबीउ वितरणलगायतका कार्यक्रम भएको र अहिले पावर स्प्रे प्रदान गरिएको अध्यक्ष जिसीले बताए । पछिल्लो समय मकैलगायतका बालीमा फौजी कीराको प्रकोप बढ्दै गएकाले कीराको प्रकोप न्यूनीकरण गर्न उक्त पावर स्प्रेले मद्दत पु¥याउने भएकाले वितरण गरिएको विनयी त्रिवेणी गाउँपालिकाका कृषि शाखाका मनोज चापागाईले जानकारी दिए । साथै अन्य कीटनाशक औषधि छर्कन, भिटामिन छर्कन स्प्रेले सहयोग पुग्ने चापागाईँले बताए ।

वितरण गरिएको पावर स्प्रे विद्युतीय भएकाले कृषकको समयको बचत र सहज हुने चापागाईँको भनाइ छ । वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मीनाकुमारी राना, वडा नम्बर १ का वडा सदस्यहरु गाउँपालिका पशु शाखा अधिकृत प्रमुख महेन्द्रप्रसाद भण्डारीलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>