गण्डकी

कालीगण्डकी उर्लिएपछि आधा दर्जन बस्ती जोखिममा

Banner

पर्वत, असार ६-

लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेको छ । हिमालपारीको जिल्ला मुस्ताङ हुँदै म्याग्दी र पर्वत हुँदै बग्ने कालीगण्डकीको पानीको सतह शनिबार उच्च बनेको छ ।

गए रातीदेखि निरन्तरको वर्षासँगै कालीगण्डकीको सतह ह्वात्तै बढेपछि नदी किनारका बस्तीमा बाढीको जोखिम बढेको छ । जोखिममा रहेका गाँउमा पर्वतका जलजला स्थित वारीवेनी, वगरफाँट, लस्ती, खनियाघाट, मालढुंगा, अर्मादी, मोदीवेणी तथा जिल्लाको इमिचौर र सेतीवेणी बजार छन् । त्यस्तै पर्वतको छिमेकी जिल्ला बाग्लुङको जैमिनीघाट पनि कालीगण्डकीको बहाबका कारण जोखिममा परेको छ ।

नदी बढेकै कारण अहिलेसम्म कुतै क्षति भने भएको छैन । तर सो क्षेत्रका बासिन्दाले सचेत भने हुनुपर्ने प्रहरीले बताएको छ । यस्तो बेलामा किनारमा नजान पनि सुरक्षा निकायले आग्रह गरेका छन् । वहाब उच्च भए पनि अहिलेसम्म कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।

त्यस्तै सोही क्षेत्रको मोदीखोलाको बहाब पनि बढेको छ भने अन्य साना तीन खोलाहरुमा पनि बाढी अएको छ । यसले पर्वत जिल्लाका विभिन्न बस्तीहरु जोखिममा परेका छन् । ठूलो वर्षले पर्वतका विभिन्न सडकसमेत अवरुद्ध भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>