गण्डकी

गोरखा अस्पतालबाट थप ८ जना कोरोना संक्रमित निको भएर घर फर्किए

Banner

गोरखा, असार ६-

पीसीआर पोजेटिभ देखिएपछि गोरखा अस्पतालमा उपचार गराइरहेका आठ जना कोरोना निको भएर घर फर्किएका छन् ।

अस्पताल आएर उपचार गराएपछि गरिएको पुनः जाँचका क्रममा रिपोर्ट नगेटिभ देखिएका गण्डकी गाउँपालिकाका चार जना, भिमसेन थापा गाउँपालिकाका दुई जना, पालुङटार नगरपालिकाका एक र काभ्रे पाँचखालका एक जनालाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । उनीहरुलाई घर गएपछि पनि आफ्नो स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीले परामर्श दिएका छन् ।

‘१४ दिन आइसोलेसनमा राख्यौँ, दुई पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर पठाएका हौँ’ उनले भने । १४ दिन आइसोलेसनमा बसेका कुनै लक्षण नदेखिएकालाई थप तीन दिन राखेर घर पठाउने सकिने भए पनि अस्पतालले दुईपटक जाँच गर्दा कोरोना निको भएको पुष्टि भएपछि मात्रै घर पठाएको उनले बताए । आठ जना डिस्चार्ज भएसँगै गोरखा अस्पतालमा १६जना उपचाररत छन् । पहिलो पटक निको भएर घर फर्किका ८ सहित जिल्लाभर संक्रमितको संख्या भने ४० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>