सूचना-प्रविधि

एनसेलले ल्यायो विद्यार्थीका लागि मोबाइल क्लास डेटा प्याक

Banner

काठमाडौं, वैशाख ३१–

एनसेल प्राइभेट लिमिटेडले विद्यार्र्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ । त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेलले यस्तो डेटा प्याक ल्याएको हो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोग (कोभिड–१९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा आफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अब अनलाइन सिकाईको माध्यमबाट फाइदा लिन सक्छन् । अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखी एनसेलले १६ जिबी डेटा भोलुम रहेको यो प्याक आज (बुधबार)बाट संञ्चालनमा ल्याएको हो । विद्यार्थीले रु १५० (कर सहित रु १९१.५४) मा यो प्याक सुचारु गर्न सक्छन् । प्याक अन्तर्गतको डेटा भोलुमको समय सिमा ७ दिनको रहने एनसेलले जनाएको छ ।

मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीहरुले ४ जिबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जिबी भिडियो डेटाको फाइदा लिन सक्नेछन् । विद्यार्थीले यो ४ जिबीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जिबी भिडियो प्याकअन्तर्गत विद्यार्थीले युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरु प्रयोग गर्न सक्नेछन् । यस प्याकको प्रमुख विषेशतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जिबी डेटा रहेको छ । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरुसँग समूहमा बसी अध्ययन गर्न सक्छन् ।

विद्यार्थीहरुले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २० ह्यास डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्छन् । साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिने एनसेलले जनाएको छ ।

यस सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा, एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले ग्राहकमाझ संचाार सेवाको पहुँच सुनिश्चित राख्न विभिन्न सेवा तथा अफरहरु ल्याएको छ । रिचार्जमा १२० प्रतिशत बोनस, पे एज यु गो इन्टरनेट सेवामा २५ प्रतिशत छुट, १५ जिबी स्टे होम डेटा प्याक, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, सापटी रकम थप, एसएमएस र डेटा प्रयोग गरी पछि शुल्क तिर्ने मिल्ने, विश्वका विभिन्न १५ देशको कल शुल्कमा छुट, डिजिटल सेवाहरुमा निःशुल्क पहुँच जस्ता अन्य थुप्रै सेवाहरु एनसेलले ग्राहकका लागि ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>