मनोरञ्जन

कोरोनाबाट लड्न बलिउड स्टार अक्षय कुमारले दिए २५ करोड

Banner

भारत, चैत १५–

भारतीय सुपर स्टार अक्षय कुमारले कोरोनाबाट लड्न भारत सरकारको ‘प्रधानमन्त्री नागरिक सहयोग तथा आपतकालीन राहत कोष’ लाई २५ करोड सहयोग गरेका छन् । उनले ट्वीट गर्दै व्यक्तिगत रुपमा २५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले ट्वीटमा भनेका छन्–‘जनताको जीवन यस समयमा हाम्रो प्राथमिकता हो। हामीले सकेजति सबै मिलेर सहयोग गर्नुपर्छ, गर्नुपर्दछ। म प्रधानमन्त्री नागरिक सहयोग तथा आपतकालीन राहत कोषमा २५ करोड दान दिने घोषणा गर्दछु। यदि जीवन छ भने, त्यहाँ एक संसार छ।’

अहिले अक्षयको यो शैलीले फ्यानहरूको मन जितिरहेको छ। उनले कोरोना पछि सोशल मिडियामा धेरै भिडियोहरू साझेदारी गरेका छन् र सबैलाई सचेत गराएका छन्। अब अक्षयको यो पहलले करोडौं जनतालाई राहत प्रदान गर्ने छ । प्रधानमन्त्री नरेन्द्र मोदीसंग अक्षय कुमारको राम्रो सम्बन्ध समेत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>