मनोरञ्जन
लकडाउनमा टाइमपासः शुक्रबारदेखि अब घरमै बसेर हेर्नुहोस् लाइभ नाटक
०

काठमाडौं, चैत १३–
कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा यतिबेला लकडाउन छ । चैत १८ गतेसम्म मानिसहरु घरबाहिर निस्कन पाउने छैनन् । यस्तो अवस्थामा घरमा बस्दा बस्दै अत्यास लागेको हुन सक्छ ।
यस्तो अवस्थामा मानिसहरुकालाई मनोरञ्जन दिलाउन ‘रंगमञ्च महोत्सव’ हुने भएको छ । तर यो नाटक हेर्न थिएटर नै पुग्नु पर्दैन । यो भर्चुअल हुनेछ । विश्व रङ्गमञ्च दिवसको अवसर पारेर थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा गर्न लागेको महोत्सव घरमै बसी लाइभ हेर्न सक्नुहुनेछ ।
महोत्सव निर्देशक केदार श्रेष्ठका अनुसार भोलि (शुक्रबार)देखि हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिम हुनेछ। घरमै बसेर नाटक हेर्न सकिनेछ र प्रतिक्रिया दिन पनि सकिने छ। हरेक साँझ ५ बजे थिएटर मलको फेसबुक पेजमा एउटा नाटक देखाइनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























