सूचना-प्रविधि

एनसेलले ल्यायो विभिन्न अफर, रिचार्जमा ५० प्रतिशत बोनस ब्यालेन्स

Banner

काठमाण्डौं, चैत १२–

एनसेल प्रा.लि.ले सञ्चार सेवाको पहुँचलाइ अझै सरल र सुलभ बनाउँदै ग्राहकका लागि एनसेल सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक ल्याएको छ ।

विपद्को बेलामा एक अर्कासँग सम्पर्कमा रहिरहन सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले विभिन्न अफरहरु ल्याएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न अहिलेको यो परिस्थितिको माग भनेको सामाजिक र भौतिक दुरी कायम गर्दै भीडभाडबाट टाढा रहनु हो । यस्तो अवस्थालाई मध्यनजर गर्दै ग्राहकका लागि यस्तो अफर ल्याएको हो । ब्यालेन्स ट्रान्सफर सेवाअन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्नेछन् । हालको परिस्थितीलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पु¥याइएको छ ।

प्रिपेड ग्राहकले रु १० देखि रु ५०० सम्म आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् । ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन् । एस्ट्रि«क्स १७१२२ एस्ट्रि«क्स पाउने व्यक्तिको मोबाइल नम्बर एस्ट्रि«क्स ट्रान्सफर गर्ने रकम ह्यास डायल गरी ग्राहकले निःशुल्क ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् ।

त्यस्तै एनसेल सापटी सेवाअन्तर्गतको सापटी रकमलाई बढाएको छ । यससँगै एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्युनतम रु ४० देखि अधिकतम रु २०० सम्म
सापटी लिन सक्नेछन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स नपुग भएमा ग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी मात्र रु २ सेवा शुल्कमा सापटी लिन सक्नेछन् ।

त्यस्तै एनसेलले हरेक रिचार्जमा ५० प्रतिशत सम्म बोनस पाइने योजना पनि ल्याएको छ । यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु २००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् । प्राप्त बोनस रकम एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् । जस्तै यो योजनाअन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५ प्राप्त गर्नेछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५० प्राप्त गर्नेछन् । बोनस रकम सोहि दिनको मध्य रातीसम्म मान्य हुनेछ ।

एनसेलले यस विपद्को घडीमा कार्यालयको कामकाज घरबाटै पुरा गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले १५ जिबी डेटा भोलुम सहितको स्पेशल डेटा प्याकस्टे होम प्याक ल्याएको छ । ग्राहकले कर बाहेक मात्र रु २३० (कर सहित २९३.६९) मा यो प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याकमा रहेको १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा (टुजी, थ्रिजी र फोरजी) मा लागु हुनेछ भने ५ जिबी डेटा फोजी नेटवर्कमा मात्र लागु हुनेछ । यो प्याकको समयावधि सात दिनको रहेको छ र ग्राहकले मध्यरात देखि बेलुका ६ बजेसम्मको समयमा डेटा प्रयोग गनपर्ने हुन्छ ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरीस्टे होम विकल्प छनौट गरी यो प्याक सुचारु गर्न सक्नेछन् । प्याकअन्तर्गतको डेटा भोलुम सकिएपछि विद्यमान पे एज यु गो अनुसारको डेटा शुल्क लाग्नेछ ।

एनसेलको यो योजनाअन्तर्गतको सबै अफरहरु ३० दिनका लागि संचालनमा रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>