Breaking News

प्रधानमन्त्री ओलीको सचिवालयले भन्यो – स्वास्थ्य अवस्थाबारे आएको खवर झुट

Banner

काठमाडौं, फागुन २८-

आज बिहान विभिन्न अनलाइन मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था खराव रहेको समाचार प्रकाशित गरेका थिए ।

प्रधानमन्त्रीओलीको स्वास्थ्यअवस्था सुधारोन्मुख अवस्थामा रहेको प्रधानमन्त्री ओलीको सचिवालयले स्पष्ट पारेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएको र सिंगापुर लैजाने तयारी भएको भनेर प्रकाशित समाचार १०१ प्रतिशत झुटो रहेको स्पष्ट पारेका हुन् । सल्लाहकार थापाले झुट र भ्रमको खेती नगर्न समेत आग्रह गरेका छन् ।

‘स्रोतको हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमको खेती नगर्न सबैमा अनुरोध गर्दछु । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षित रूपमा नै सुधारको क्रममा रहेको छ’, सामाजिक सञ्जालमा थापाले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>