Breaking News

विप्लव समूहले भन्यो : यसकारण बास्कोटाको घरमा बम हान्यौं

Banner

काठमाडौं, फागुन २८-

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो ।

बास्कोटाको निर्माणाधीन घरमा आफूले बम विस्फोट गराएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बताएको छ ।

बुधबार बिहान भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा भएको बम विस्फोटको विप्लव समूहले जिम्मा लिएको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गरेको विभिन्न आरोप लगाउँदै विप्लव नेकपाले बास्कोटाको घरमा विस्फोट गराएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>