Breaking News

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको आज छैठौं दिनः स्वास्थ्यमा सन्तोषजनक सुधार

Banner

काठमाडौं, फागुन २६–

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार हुँदै गइरहेको छ ।

आज उपचारको छैठौं दिनमा अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य सुधार सन्तोषजनक हुँदै गइरहेको जनाएको छ । प्रधानमन्त्रीको नियमित खानपिन, हिडडुल र व्यायामलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेम कृष्ण खड्काले जानकारी दिए ।

प्रधानमन्त्रीको छ दिन अघि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>