Breaking News

नेपालमा कोरोना : ४३७ को नमुना परीक्षण, पाँचजना टेकु अस्पतालमा

Banner

काठमाडौं, फागुन २४-

नेपालमा कोरोना संक्रमण आशंकामा अहिलेसम्म ४३७ जनाको नमुना (रगत/र्‍याल) परीक्षण गरिएको छ । एकजनामा मात्रै पोजेटिभ देखिएको छ । तर, उनी पनि सन्चो भएर घर फर्किसकेका छन् ।

कोरोना आशंकामा हाल पाँचजनालाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ ।

आइसोलेसन भनेको शंकास्पद व्यक्तिलाई उसको नमुना परीक्षणको रिपोर्ट नआउन्जेल अस्पतालको अलग्गै वार्डमा राख्नु हो ।

अहिले दैनिक १-२ जना कोरोना परीक्षणका लागि अस्पताल आउने गरेको जानकारी छ ।

नमुना परीक्षण गरिएका उल्लिखित ४३७ जना चीनबाट उद्धार गरी ल्याइएका १७५ विद्यार्थीसमेत जोडिएको संख्या हो । चीनबाट ल्याइएका कसैमा पनि कोरोना देखिएन ।

यसअघि चीनको उहानबाट आएका तराईका एक विद्यार्थीमा भने कोरोना संक्रमण देखिएको थियो ।

तर ती ३१ वर्षीय विद्यार्थी टेकु अस्पतालमा उपचारपछि अहिले पूर्ण रूपमा स्वस्थ छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेपछि सरकारले सतर्कता अपनाएकोे, तर आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>