Breaking News

आजको मौसम: दिनभरी वर्षाको सम्भावना

Banner

काठमाडौं फागुन २४-

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्, हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको बताएको छ ।। महाशाखाले पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव देशका केही स्थानमा दिनभर वर्षाको सम्भावना रहेको जनाएको हो ।

हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । भने पश्चिमी भू–भागमा कतै सामान्य र कतै पूर्ण बदली भएको र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशको पश्चिमी भू–भागका केहि स्थानमा लगाएत मध्य र पूर्वी भूभागका थोरै स्थानमा वर्षा भइरहेको छ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>