Breaking News

औषधी उत्पादक भन्छन् – भारतले प्रतिबन्ध लगाए पनि नेपालमा औषधि अभाव हुँदैन

Banner

काठमाडौं, फागुन २३-

विश्वव्यापी महामारीको रुप लिँदै गरेको कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासका बीच भारतले २६ प्रकारका औषधि र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालका औषधिको अभाव चुलिने चर्चा चलेको छ ।

नेपाल औषधी उत्पादक संघले नेपालमा ६ महिनासम्म औषधी अभाव नहुने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधीले ६ महिनाको माग धान्ने जानकारी दिएको छ ।

संघले भारत र चीन बाहेकका देशबाट कच्चा पदार्थ आपूर्ति गरेर पनि देशमा औषधि अभाव हुन नदिने बताएको छ ।

संघका अनुसार भारतले औषधि तथा कच्चा पदार्थको निर्यातमा रोक लगाए पनि चीन लगायतका देशबाट नियमित रुपमा कच्चा पदार्थ आपूति भइरहेको छ ।

भारतले सिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि औषधी अभाव हुन सक्ने समाचारहरु सार्वजनिक भएको थियो । तर संघले अत्यावश्यक औषधीका लागि विदेशी कम्पनीलाई अनुनय विनय गर्नुपर्ने अवस्था नरहेको बताएको हो ।

सिटामोलको कच्चा पदार्थ त जनवरी र फेब्रुअरीमा धेरै आयात भएको भन्दै स‌ंघले नेपालमा अभाव नै नहुने जानकारी गराएको छ ।

औषधि उत्पादकहरुले नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने प्रयत्न गरिरहे पनि सरकारले नीतिगत व्यवस्था गर्न नसकेको पनि संघले गुनासो गरेको छ ।

सरकारले औषधि आपूर्तिका लागि अन्य देशसँग हार–गुहार गर्नुभन्दा आफ्नै देशका उद्योगीसँग सहकार्य गर्न संघले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>