Breaking News

कोराना प्रभावित सबै देशमा जाने कामदारलाई रोक्ने तयारी, मास्कबिना भारतमा प्रवेश प्रतिबन्ध

Banner

काठमाडौं, फागुन २०-

कोरोना संक्रमणको प्रभाव रोक्न सरकारले कोराना प्रभावित सबै देशका लागि श्रम स्वीकृति दिने कार्य स्थगित गर्ने तयारी गरेको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्वोच्च अदालतको आदेश अध्ययन गरी यसबारे निर्णय गर्ने बताएको छ ।

सोमबार सर्वोच्च अदालतले कोरोना संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई आदेश दिएको थियो ।

वैदेशिक रोजगार विभागले कोरिया जाने कामदारलाई यसअघि नै जान रोकेको थियो । ईपीएस कोरिया शाखाले त्यहाँ कोरोना ब्यापक रुपमा फैलिएपछि कामदारलाई कोरिया पठाउने तालिका सार्दै आएको छ ।

मास्कबिना भारत प्रवेश गर्न नेपालीलाई प्रतिबन्ध

कोरोना संक्रमणको प्रभाव रोक्न नेपालबाट भारत जाने नेपालीलाई मास्कबिना प्रवेशमा प्रतिबन्ध लगाइएको छ । सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको नेपाल–भारत सीमा (गडडाचौकी) नाकाबाट भारत प्रवेश गर्ने नेपालीलाई मास्कबिना प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

नेपालबाट कोरोना भारत भित्रिनसक्ने आशंकामा भारतले कञ्चनपुरको गड्चौकीमा रहेको सीमामा मास्क अनिवार्य गरेको हो । यद्यपि भारतबाट नेपाल आउनेलाई भने मास्क अनिवार्य गरिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>