Breaking News

राष्ट्रियसभाबाट आजदेखि युवराज खतिवडासहित १९ सांसदको कार्यकाल सकिँदै

Banner

काठमाडौं, फागुन २०-

दुई वर्षे कार्यकाल भएका राष्ट्रियसभाका सांसदहरुलाई मंगलबार संसदबाट बिदा गरिँदैछ ।

अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज सकिँदैछ ।

राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिन लागेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस नगरे अर्थमन्त्री डा. खतिवडाको कार्यकाल पनि आजै रातिदेखि सकिनेछ ।

उनी मंगलबारदेखि सांसद नभइ मन्त्रीमात्रै रहनेछन् । सांसद नहुँदा पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ । उनी राष्ट्रपतिले मनोनित गर्ने सिटमा सांसद भएका हुन् । उक्त सम्भावना कायम छ । तर, नेकपा सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई उक्त सिटमा सांसद बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली उनलाई नै दोहोर्‍याउनुपर्ने पक्षमा छन् ।

आज कार्यकाल सकिने सांसदहरुमा नेकपाका नौजना रहेका छन् ।

डा. युवराज खतिवडा, कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण सिवाकोटी रहेका छन् ।

त्यसैगरी कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, धनकुमारी खतिवडा, मुक्ताकुमारी यादव, विन्दा आले र सरिता प्रसाइँको कार्यकाल पनि आजैदेखि सकिँदैछ ।

समाजवादी पार्टीका रामप्रित पासवानको कार्यकाल पनि आजै सकिनेछ ।

राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लालको कार्यकाल पनि आजै सकिँदैछ ।

भोलिदेखि राष्ट्रिय सभामा कांग्रेसका ६ जना मात्रै सांसद रहनेछन् । राजपाका दुई र समाजवादी पाएका एकजना सांसद रहनेछन् भने बाँकी नेकपाका रहनेछन् ।

५९ सदस्यीय राष्ट्रिय सभा ९ जना मात्रै विपक्षमा रहेका राजनीतिक दलका सांसद रहनेछन् ।

यसैबीच आज दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको बैठकअघि नयाँ बानेश्वरमा सामूहिक फोटो सेसन हुने भएको छ ।

आजदेखि बिदाइ हुने सांसदहरुले आजको बैठकमा आफ्ना धारणाहरु राख्ने तयारी गरिएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

नयाँ निर्वाचित सांसदहरुको भने बुधबार ११ बजे सपथग्रहण हुने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>