Breaking News

वसन्तपुरमा उठाइयो चीर, होली पर्व सुरु

Banner

काठमाडौं, फागुन २०-

चीर ठड्याएसँगै मंगलवारबाट फागु अर्थात् होलीको सुरुवात भएको छ । काठमाडौंको वसन्तपुर दरबार परिसरमा लिंगोसहित चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो ।

बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो।

आज बिहान ७:५७ बजे शुभ साइत पारी रङ्गिविचङ्गी चीर ठड्याइएको हो । आजको ठीक ८ दिनपछि फागु पूर्णिमाको दिन हर्षबढाइँ गरी चीर ढालिनेछ । ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ । उक्त दिन चीर दहन गरेपछि औपचारिक रुपमा यस वर्षको होली सकिनेछ ।

यही फागुन २६ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर पर्व मनाइनेछ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट फागु पर्व मनाइने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>