Breaking News

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विमानस्थलमा अनिवार्य मास्क

Banner

काठमाडौँ, फागुन २०–

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउदैँ आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ ।

विमानस्थलबाट आवतजावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि अनुरोध गरिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जार्री गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको हो ।

चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनुपर्ने भएको तथा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>