Breaking News

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै सप्तरीमा विशेष पूजापाठ

Banner

सप्तरी,फागुन २०-

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित सप्तरीको छिन्नमस्ता मन्दिरमा विशेष पूजापाठ सुरु गरिएको छ । नागरिक सञ्जाल सप्तरीको आयोजना तथा पीठाधीश महाकान्त ठाकुरको संयोजनमा विशेष पूजापाठ सुरु गरिएको हो ।

नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरको नेतृत्वमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्रज्ज्वलन तथा एक दर्जनभन्दा बढी साधुसन्तहरुको उपस्थितिमा धार्मिक अनुष्ठान प्रारम्भ गरिएको बताए ।

मन्दिरका पीठाधीश ठाकुरले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभ तथा दीर्घायुको कामनासहित सुरु गरिएको धार्मिक अनुष्ठानअन्तर्गत दुई दिनसम्म भजनकीर्तन, अष्टयाम, हवनसहित विशेष पूजापाठ गरिने बताए । उनले भने, ‘माता छिन्नमस्ताले प्रधानमन्त्रीलाई रक्षा गर्ने छिन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>