Breaking News

भारतमा अहिलेसम्म ६ जनामा कोरोना सङ्क्रमण,राजस्थानमा पनि भेटियो

Banner

काठमाण्डौ,फागुन २० –

भारतको उत्तरी प्रान्त राजस्थानमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार राजस्थानका स्वास्थ्य मन्त्री रघु शर्माले जयपुरमा एक जना इटलीका पर्यटकमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको बताए ।

गएको फेब्रुअरी २९ मा गरिएको पहिलो नमुनामा सङ्क्रमण पुष्टि भएको थिएन तर दोस्रो नमुना परीक्षणमा गएको सोमबार ती नागरिकमा कोरोना सङ्क्रमित भएको पुष्टि भएको हो । भारतमा अहिलेसम्म ६ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । पहिलो पटक कोरोनाको सङ्क्रमण देखिएको केरलाकी एक महिलासहित तीन जना स्वास्थ्य लाभपछि घर फर्किसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>