मनोरञ्जन

धुर्मुस भन्छन् – फिल्म मनोरञ्जनमूलक बनेको छ

Banner

काठमडौं, फागुन ७–

आउँदो शुक्रवार अर्थात् फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टीभाइरस’ को चर्चा छ ।

चिववनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा जुटेका सीताराम कट्टेल (धुर्मुस) पछिल्लो समय फिल्मका कारणले थप व्यस्त छन् ।

फिल्मको प्रचारका लागि काठमाडौंमा रहेका धुर्मुसले पत्रकार भेटघाटमा आफ्नो अभिनय रहेको फिल्म ‘सेन्टीभाइरस’ राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

‘हामीले सन्देशसहित दर्शकलाई मनोरञ्जन दिने खालको फिल्म बनाएका छौं, यो फिल्मको आधा नाफा चितवनमा बन्दै गरेको रंगशालाको सहयोगार्थ हुन्छ,’ कट्टेलले भने, ‘फिल्म मनोरञ्जनमूलक बनेको छ, समय दिन पाएको भए अझै राम्रो बन्थ्यो भन्ने चाहिँ लाग्छ ।’

रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्म लामो समयदेखि बन्ने चर्चा थियो । फिल्ममा धुर्मुसका अलावा दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, बुद्धि तामाङ, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेडी रुचाउने दर्शकले यो फिल्म मन पराउने अनुमान गरिएको छ ।

चितववनको भरतपुरमा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भित्र छायाँकन गरिएको गीत तामझाम साथ ‘पार्टी जिताइदे’ नारा गुन्जाउँदै छायाँकन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>