बलिउड/हलिउड
नेपाली मुलका गायक दिवेश अमेरिकन आइडोलमा छानिए
०

काठमाडौँ, फागुन ६-
अमेरिकन आइडोलको १८ औं सिजनको छनौट चरणमा नेपाली दिवेश पोखरेल छनौट भएका हुन् । आफ्नो स्टेजको नाम आर्थर गन राखेका २१ वर्षिय दिवेशले बब डिलनको गीत गाएका थिए । उनले गीत गाएरै जजहरु अनि दर्शकहरुको मन जितेको भनी बिभिन्न अन्तराष्ट्रिय पत्रिकाहरुले लेखेका छन् । दिवेशले गोल्डेन टिकट नै पाएका छन् ।
बब डायलनको ह्याभ यू इभर सिन द रेन गीतार बजाँउदै गाएका दिवेशलाई जज मध्य केटी पेरिले तिमी त अहिले नै रकस्टार रहेछौ भनेकी थिइन ।
उनको प्रस्तुतीमा निर्णायकहरु खुशी भएका थिए भने गायक तथा गीतकार लियोनेल रिचीले उनलाई स्टेजमै गएर अँगालो हालेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























