मनोरञ्जन
कुन रङको गुलाबले के अर्थ राख्छ ?

काठमाडौँ, फागुन १-
अहिले प्रेम सप्ताह जारी छ । तपाईं कसैलाई प्रेम प्रस्ताव राख्न होस् वा भेट्नका लागि जाँदा पनि गुलाबको फूल दिन सक्नुहुन्छ ।
गुलाबको फूल विभिन्न प्रकारका हुन्छन् अझै भनौं विभिन्न रङका हुन्छन् । रङ अनुसार गुलाबको अर्थ बेग्लै हुन्छ । तपाईलाई यी रङका अर्थ पनि थाहा हुनुपर्छ ।
रातो गुलाब
रातो गुलाबलाईे प्रेमको प्रतीकको रूपमा लिइन्छ । यदि तपाईंले कसैलाई रातो गुलाब दिनुहुन्छ भने उसप्रति तपाईंको प्रेमको अभिव्यक्तिका रूपमा लिनुपर्छ ।
हल्का गुलाबी
तपाईं कसैलाई के म तिम्रो साथी बन्न सक्छु भन्ने प्रस्ताव गर्नुहुन्छ भने त्यसका लागि हल्का गुलाबी गुलाब दिनुपर्छ । प्रशंसा गर्न र खुसी व्यक्त गर्न पनि हल्का गुलाबी रङको गुलाब दिनुपर्छ । हल्का गुलाबी रङलाई प्रशंसा र खुशीको प्रतीकको रूपमा लिइन्छ ।
गाढा गुलाबी
यदि तपाईंले कसैलाई गाढा गुलाबी रङको गुलाब दिनुभयो भने तपाईंले त्यस व्यक्तिप्रति कृतज्ञता र सम्मान देखाउनुभएको बुझिन्छ ।
पहेंलो गुलाब
पहेंलो गुलाबलाई पनि साथित्व, खुशी र अरूप्रति ख्याल राख्ने प्रतीकका रूपमा मानिन्छ । तपाईंले कुनै साथीलाई वास्तवमै केयर गर्छु भन्ने बुझाउन चाहँदा पहेंलो गुलाब दिनुपर्छ ।
सेतो गुलाब
सेतो गुलाबलाई निर्दोषपना र पवित्रताको प्रतीकको रूपमा लिइन्छ । पूजाका लागि अधिकांश अवस्थामा सेतो फूल चढाउने गरिन्छ ।
रातो र पहेलोे गुलाब
कहिलेकाहीं आफ्ना भावनालाई एक साथ व्यक्त गर्नका लागि अलगअलग फूलहरू दिन सकिन्छ । यस्तो अवस्थामा रातो र पहेँलो गुलाब एकैपटक दिनु भनेको खुसीे व्यक्त गर्नु हो ।
























