सूचना-प्रविधि

कस्तो ल्यापटप किन्ने ? ध्यान दिनुपर्ने यि कुरा

Banner

चितवन, माघ २९–

सामान खरिद गर्दा ध्यान दिनुपर्ने आधारभूत कुराहरू जस्तै ब्याट्री, बिक्रीपछिका सेवा सुविधा आदिका बारेमा ध्यान दिनुहोला । ल्यापटपमा आवश्यक पर्ने अन्य सामग्रीहरूमा ल्यापटप ब्याग, एक्सटर्नल हार्डडिस्क, कन्र्भटर, हेडफोन, राउटर वा इन्टरनेट चलाउने उपकरण आदिमा पनि ध्यान दिनुहोला ।

सामान्यतः अधिकांशले ल्यापटपको लुक्स, वेब क्याम्प, किबोर्ड, माउसप्याडलगायत बाहिरी कुरा हेरेर ल्यापटप किन्ने गरेको पाइन्छ ।

मुख्यत : ल्यापटपका आकार र प्रकारअनुसार ल्यापटपलाई निम्न पाच समूहमा बाड्न सकिन्छ ।

१. युएमपिसी
२. नेटबुक
३. नोटबुक
४. डेस्कटप रिप्लेसमेन्ट
५. अल्ट्राबुक

१. युएमपिसी (Ultra Mobile PC)

अल्ट्रा मोबाइल पिसी साना हुने गर्दछन् । अहिले बजारमा पाइने ट्याब्लेट पिसी ‘अल्ट्रामोबाइल पिसी’अन्तर्गत मै पर्दछन् । प्रायः ट्याब्लेट इन्टरनेट चलाउन, सामान्य सफ्टवेरहरू प्रयोग गर्न र ई–बुकहरू पढ्नका लागि उपयोगी हुन्छन् । यस्ता पिसीको स्क्रिन सात इन्चका हुन्छन् । प्रोसेसर र मेमोरी थोरै हुने गर्दछ । तर, कुनै आइप्याड जस्ता राम्रा प्रोसेसर र मेमोरी भएका ट्यब्लेट पिसीहरू पनि उपलब्ध छन् ।

२. नेटबुक

गुगलको क्रोमबुक केही समयअगाडि एकदमै चर्चित भएको थियो । क्रोमबुकलाई नेटबुकको राम्रो नमुनाका रूपमा लिन सकिन्छ । इमेल र इन्टरनेट मात्र चलाउन मिल्ने अनि क्लाउड कम्प्युटिङमार्फत अफिसलगायत अन्य सफ्टवेर पनि चलाउन मिल्ने ल्यापटप नै नेटबुकको अवधारणा हो । नेटबुक प्रायः ९ इन्चदेखि १२ इन्चसम्मका हुन्छन् । यिनीहरूको राम्रो पक्ष भनेको ब्याट्री ब्याकअप धेरै हुन्छ र मूल्य पनि अरूभन्दा सस्तो हुन्छ । तर, नेटबुक मा अप्टिकल ड्राइभ हु“दैन ।

३. नोटबुक

सबै मूलधारका ल्यापटपहरूलाई नोटबुक भन्न सकिन्छ । १४ इन्च जतिको स्क्रिन, २५० गिगाबाइट हार्डडिस्क, i3, i5, i7 प्रोसेसर भएका ल्यापटपहरूलाई नोटबुक भन्न सकिन्छ । हामीले बुझ्ने चलनचल्तीको ल्यापटप यही वर्गमा पर्छ । एस्तो ल्यापटपमा अप्टिकल ड्राइभ पनि हुने गर्दछ ।

४. डेस्कटप रिप्लेसमेन्ट

१७ इन्च वा त्योभन्दा माथिको ठूलो स्क्रिन भएका ल्यापटपलाई डेस्कटप रिप्लेसमेन्ट ल्यापटप भन्न सकिन्छ । यी ल्यापटपहरूलाई हाम्रो घरमा डेस्कटपको सट्टामा प्रयोग गर्न सकिन्छ । यी ठूला ल्यापटप बोकेर हि“ड्न गाह्रो हुन्छ र यसको ब्याट्री ब्याकअप पनि थोरै हुन्छ । इन्टेलको Core i5,i7 प्रोसेसर, राम्रो ग्राफिक्स आदि यसका प्रमुख विशेषताहरू हुन् ।

५. अल्ट्राबुक

हेर्दा आकर्षक र पातलो अनि हलुका ल्यापटपहरू यस वर्गमा पर्छन् । पातलो र हलुका भए पनि अल्ट्राबुकहरू शक्तिशाली हुन्छन् र मह“गा पनि । धेरै राम्रो रिजोलुसन अनि डेडिकेटेक ग्राफिक्स अल्ट्राबुकको प्रमुख विशेषता हो । म्याकबुक प्रो, एसर टाइमलाइन अल्ट्राबुकका नमुना हुन् । यसको ब्याट्री ब्याकअप पनि राम्रो हुन्छ ।

यी त भए आकार र प्रकारअनुसार ल्यापटपका पाच समूह । अब तपाईंलाई कुन र कस्तो आकारको ल्यापटप मनपर्छ, तपाईं सोही छनोट गर्न सक्नुहुन्छ । मोबिलिटी चाहिन्छ भने तपाईं सानो, पातलो र हलुका ल्यापटप किन्न सक्नुहुन्छ । त्यति हिडिरहनु पर्दैन घरमै वा अफिसमै मात्र प्रयोग गर्नुहुन्छ भने अलि ठूलो ल्यापटप लिदा पनि हुन्छ । त्यस्तै गेम खेल्न, भिडियो, फिल्म हेर्नुहुन्छ भने ठूलो स्क्रिन भएको ल्यापटप लिदा राम्रो हुन्छ ।

ध्यान दिनुपर्ने कुरा :

-प्रोसेसर

ल्यापटप किन्दा प्रोसेसरमा मुख्य ध्यान दिनुहोस् । प्रोसेसर ल्यापटपको मुख्य इन्जिन हो । प्रोसेसरको स्पिड बुझेर मात्रै ल्यापटप रोज्नुहोस् । प्रोसेसर स्पिड फास्ट भएको ल्यापटप आवश्यक पर्छ । लेटेस्ट टेक्नोलोजीअनुसारको प्रोसेसर हुनुपर्छ । प्रोसेसर स्पिड स्लो भयो भने ल्यापटपको फङ्सन नै स्लो हुन्छ । त्यसो त प्रोसेसरको स्पिड मात्रै फास्ट भएर हुँदैन । प्रोसेसरभित्र हुने क्यास मेमोरीबारे पनि ध्यान दिनुपर्छ । क्यास मेमेरो हाई हुनुपर्छ, जसले ल्यापटपलाई चुस्त राख्छ । प्रोसेसर स्पिड कम तथा क्यास मेमोरी लो भएको ल्यापटपको बुटिङदेखि सबै फङ्सनमा समस्या निम्तिन्छ ।

-र्‍याम

ल्यापटपमा प्रोसेसरको भूमिका जति छ, र्‍यामको पनि उत्तिकै हुन्छ । हाई पावरको र्‍याम हुन जरुरी छ । त्यसो त आफूले कस्तो प्रोग्राम या एप्लिकेसन चलाउने हो, त्यसअनुसार पनि र्‍याम आवश्यक पर्छ । वर्ड, एक्सल मात्रै चलाउनेलाई २–४ जिबीको र्‍यामले पुग्छ भने भिडियो एडिटिङ, ग्राफिक्सलगायत काम गर्ने हो भने कम्तीमा ८–१६ जिबीको मेमोरी भएको ल्यापटप आवश्यक पर्छ । आफ्नो आवश्यकतालाई उपयुक्त हुने ल्यापटप हो-होइन, किन्ने वेलामै ध्यान दिनुपर्छ । त्यसो त र्‍यामको स्टोरेज क्षमता मात्रै होइन, स्पिडबारे पनि ध्यान दिनुपर्छ । अहिले बजारमा ६ सय, ८ सय, १३ सय, १६ सय मेगाहर्ज स्पिडको र्‍याम भएका ल्यापटप उपलब्ध छन् । सकेसम्म १६ सय मेगाहर्ज स्पिडको र्‍याम किन्नु नै उपयुक्त हुन्छ ।

-मेमोरी

ल्यापटप किन्दा ग्राफिक मेमोरीबारे गम्भीर भएर बुझ्नुहोस् । ल्यापटपमा कस्तो काम गर्ने भन्ने विषयमा निश्चित भएर मात्रै ग्राफिक मेमोरी भएको ल्यापटप किन्नुहोस् । भिडियो एडिटिङ, फोटोसप, डिजाइनिङ, साउन्ड एडिटिङसँग सम्बन्धित काम गर्न ल्यापटप किन्न खोज्नुभएको हो भने ग्राफिक मेमोरीसहितको ल्यापटप चाहिन्छ । यसका लागि डेडिकेडेट ग्राफिक्ससहितको ल्यापटप बजारमा पाइन्छ । यो पनि फरक–फरक जिबी क्षमतामा पाइन्छ । आफ्नो कामको प्रकृति हेरेर किन्नुपर्छ ।

-ब्याट्री

पहिलेका ल्यापटपमा ब्याट्री ब्याकअप निकै कम हुन्थ्यो । तर, लेटेस्ट मोडेलका ल्यापटपमा ब्याट्री ब्याकअप राम्रै राखिएको हुन्छ । तर, सबै समान किसिमका भने छैनन् । त्यसैले किन्ने वेला ब्याट्री ब्याकअपबारे ध्यान दिनुपर्छ । अहिले बजारमा ४ र ६ सेल ब्याट्री भएका ल्यापटप बढी चलेका छन् । यसमध्ये ६ सेलको ब्याट्री भएको ल्यापटप किन्नु उत्तम हुन्छ । यसले लामो समयसम्म ब्याकअप दिन्छ । ब्याट्रीमा सेल जति बढी हुन्छ, ब्याकअप उति नै बढी हुन्छ ।

-एजेन्सीको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>